नेकपा नेपाल–दाहाल पक्षद्वारा १५ दिने आन्दोलनका कार्यक्रम सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

भदौ १२ २०८३, शनिबार

नेकपा नेपाल–दाहाल पक्षद्वारा १५ दिने आन्दोलनका कार्यक्रम सार्वजनिक

काठमाडौं, १२ माघ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल पक्षले थप आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्।

सोमबार पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै प्रचण्ड-नेपाल पक्षले माघ १३ देखि २८ गतेसम्म विरोध कार्यक्रम सार्वजनिक गरेका छन्।

जसअनुसार माघ १३ गते सिठ्ठी जुलुस, माघ १४ देखि २१ गतेसम्म माइतीघर मण्डलमा धर्ना, माघ १६ गते शान्तिबाटिकामा भेला भएर लैनचौरसम्म प्रदर्शन गर्ने तयारी छ ।

त्यस्तै देशका विभिन्न सहरमा विरोध कार्यक्रम गर्न लागेको छ।

जसमा १५ गते बुटवलमा, १६ गते विराटनगर र १७ गते धनगढीमा कार्यक्रम गर्न र उक्त कार्यक्रमलाई अध्यक्षद्वयलगायतले सम्बोधन गर्ने, यस्तै माघ २२ गते काठमाडौंमा युवाहरूको वृहत र्‍याली गर्ने, २६ गते मसाल जुलुस गर्ने र माघ २८ मा काठमाडौंमा विरोध सभा गर्ने घोषणा गरिएको छ ।

Leave a Reply