भुक्तानी नपाएपछि उखु किसानद्वारा दोस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

भुक्तानी नपाएपछि उखु किसानद्वारा दोस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक

काठमाडौं, ८ माघ । भुक्तानी पाउन नसकेको भन्दै उखु किसानले पुनः आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै उखु किसान संघर्ष समितिले सरकारले गरेको सहमति अनुसार भुक्तानी पाउन नसकेको भन्दै दोस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

उखु किसान र सरकारबीच गत पुस १३ मा २१ दिनभित्र बाँकी बक्यौता भुक्तानि दिने सहमति भएको थियो । जुन माघ ५ गते पूरा भएको छ । तर अहिलेसम्म पनि उखु किसानले पूरा भुक्तानी पाउन सकेका छैनन् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मौखिक रुपमा ६५ करोड रुपैयाँ कबुल गरेको रकममध्ये ५७ करोड भुक्तानी गराइसकेको र बाँकी ८ करोड पनि मन्त्रालयको नियन्त्रणमा आइसककेको जनाएको भएपनि यसमा शंका रहेको संघर्ष समितिले विज्ञप्तिमार्फत जनाएको छ ।

विरोधका कार्यक्रमामा माघ १० गतेदेखि फागुन ७ गतेसम्म किसान जागरण अभियान, फागुन ८ देखि १४ गतेसम्म कालोपट्टी बाँधेर खेतमा काम गर्ने, फागुन १५ देखि २१ गतेसम्म एक छाक उपवास बसेर खेतमा काम गर्ने तय गरिएको छ ।

दोस्रो चरणको कार्यक्रम सम्पन्न गर्दा समेत भुक्तानी नभएमा तेस्रो चरणको आन्दोलन घोषणा गर्ने संघर्ष समिति सर्लाहीका अध्यक्ष रामस्वार्थ राय, सचिव हरिश्याम राय र किसान रामविकास पण्डितले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);