दाहाल–नेपाल पक्षको दोस्रो चरणका आन्दोलनका कार्यक्रम घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

दाहाल–नेपाल पक्षको दोस्रो चरणका आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौं, १८ पुष । संसद् विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै नेकपाको दाहाल–नेपाल पक्षले दोस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

केन्द्रीय संघर्ष समितिले शनिबार कोटेश्वर पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर पुस २० देखि माघ २३ गतेसम्म प्रधानमन्त्रीलाई विरोध पत्र बुझाउने, गाउँ गाउँमा कालो झन्डा गाड्ने, सरोकारवाला पक्षसँग अन्तक्रिया, प्रदर्शन लगायतका कार्यक्रम सार्वजनिक गरेको हो ।


गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गराएपछि नेकपा विभाजन भएको थियो भने दाहाल–नेपाल पक्षले त्यसको विरोध गर्दै आएको छ । सो पक्षले आन्दोलन परिचालनका लागि प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको छ ।

पत्रकार सम्मेलनमा प्रवक्ता श्रेष्ठले संसद् पुनस्र्थापना नभएसम्म आन्दोलन जारी राख्ने बताउनुभएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);