प्रचण्ड–नेपाल पक्षले प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रचण्ड–नेपाल पक्षले प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा गर्ने

काठमाडौं, १८ पुष । नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा आज गर्ने भएको छ । दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर दोस्रो चरणका आन्दोलनका कार्यक्रम घोेषणा गरिने बताइएको छ ।

पत्रकार सम्मेलनअघि नेताहरुबीचको छलफलले आन्दोलनको स्वरुपबारे निर्णय गर्नेछ । प्रचण्ड माधव पक्षले यसअघि नै प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा २ हजार ५सय १ सदस्यीय संघर्ष समिति गठन गरेको थियो । अबको आन्दोलनका कार्यक्रम वडादेखि पालिका, प्रदेश र केन्द्रसम्म जनपरिचालन हुने गरी घोषणा गर्ने तयारी भएको जनाइएको छ ।

यसअघि पुस १५ गते नै दोस्रो चरणका आन्दोलनका कार्यक्रम घोषणा गर्ने बताएको थियो । नेपाली काँग्रेस र जनता समाजबादी पार्टी जसपासँग संयुक्त आन्दोलनका लागि प्रयास भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);