ईपानद्वारा दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा (विज्ञप्तिसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

ईपानद्वारा दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा (विज्ञप्तिसहित)

IPPAN

काठमाडौं, १५ असोज । आन्दोलनरत स्वतन्त्र उर्जा उत्पादक संघ, नेपाल (ईपान) ले आफ्ना मागको सुनुवाई नभएको भन्दै दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

रुग्ण जलविद्युत आयोजनाका लागि ब्याज सहुलियत उपलब्ध गराउनुपर्ने मुख्य मागसहित आन्दोलनरत ईपानले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी सरकारले आफ्ना माग वेवास्ता गरेको भन्दै दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

ईपानका अध्यक्ष शैलेन्द्र गुरागाईँले माग पूरा नभए रुग्ण २५ वटा जलविद्युत आयोजनाको चावी कार्तिक १ गते सरकारलाई बुझाउने चेतानवी सहित दोस्रो चरणको आन्दोलनका कार्यक्रम सुरु गरिएको जानकारी गराउनु भयो ।

बैंकको ब्याजदर ४० प्रतिशत वृद्धि गरिएको, विद्युत खरिद दरमा तथा प्रशारण लाईनमा देखिएका समस्या तत्काल समाधान गर्न माग गर्दै इप्पानले आन्दोलन गर्दै आएको छ । ती समस्याहरु समाधानका लागि प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने लगायतका दोस्रो चरणका आन्दोलनका कार्यक्रम घोषणा गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);