विषादी परीक्षण गर्न वीरगञ्ज, विराटनगर र भैरहवामा प्रयोगशाला खोल्ने तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

विषादी परीक्षण गर्न वीरगञ्ज, विराटनगर र भैरहवामा प्रयोगशाला खोल्ने तयारी

काठमाडौं, १५ असोज । कृषि मन्त्रालयले भारतसहित तेश्रो मुलुकबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परिक्षणका लागी राजधानी बाहिर तीन वटा सुबिधासम्पन्न प्रयोगशाला खोल्ने तयारी गरेको जनाएको छ ।

बुधबार राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै कृषि तथा पशुपंक्षी बिकास मन्त्री चक्रपाणी खनालले भारतसहित तेश्रो मुलुकबाट आयात हुने तरकारी र फलफूलमा बिषादि परिक्षण गर्न राजधानी बाहिर अत्याधुनिक सुबिधा सम्पन्न ल्याब खोल्न लागेको जानकारी दिनु भएको छ ।

तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्न वीरगञ्ज, विराटनगर र भैरहवामा सरकारले प्रयोगशाला खोल्न लागेको हो । प्रयोगशालाका लागी १५ करोड रुपैयाँ बजेट निकासा समेत भैसकेको मन्त्री खनालले जानकारी दिनुभएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);