बुधबार शेयरबजार नेप्से ४.९८ अंकले घट्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बुधबार शेयरबजार नेप्से ४.९८ अंकले घट्यो

stock_exchange_nepse-e1528283604277

काठमाडाैं, १५ असाेज । बुधबार शेयरबजार परिसूचक नेप्से ४ दशमलब नौ आठ अंकले घटेर १ हजार १ सय ४० दशमलब सात एक अंकमा पुगेको छ । १ सय ६१ कम्पनीका ७ लाख ८५ हजार ७ सय ४० कित्ताशेयर २ हजार ८ सय २ पटकको कारोबारबाट २० करोड ३२ लाख ८७ हजार २ सय ३७ रुपैयाँमा खरिद बिक्री भएको छ ।

यस्तै क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स शून्य दशमलब चार तीन अंकले घटेर २ सय ४९ दशमलब सात आठ अंकमा पुगेको छ । बुधबार अन्य र म्युचुअल फण्ड समूहबाहेक कारोबार भएका सबै समूहको परिसूचक ओरालो लागेको छ ।

अन्य समूह ६ दशमलब शून्य चार र म्युचुअल फण्ड समूह शून्य दशमलब शून्य पाँच अंकले उकालो लागेको हो । बैंक अफ काठमाडौंको संस्थापकको २ करोड २२ लाख बढीको शेयर कारोबार भएको छ ।

नेपाल हाइड्रो डेभलपर्सका लगानीकर्ताले सबैभन्दा बढी ६ दशमलब तीन आठ प्रतिशतले कमाएका छन भने हिमालय पावर पाटर्नरका लगानीकर्ताले सबैभन्दा बढी ५ दशमलब तीन ६ प्रतिशतले गुमाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);