शेयरबजार परिसूचक नेप्से दुई दशमलब तीन नौअंकले घट्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

शेयरबजार परिसूचक नेप्से दुई दशमलब तीन नौअंकले घट्यो

stock_exchange_nepse

काठमाडौं, १९ कार्तिक बुधबार शेयरबजार नेप्से दुई दशमलब तीन नौ अंकले घटेर परिसूचक एक हजार ६ सय ४० दशमलब छ चार विन्दुमा पुगेको छ ।

२ सय २ कम्पनीका ५६ लाख ३१ हजार ६ सय ४ कित्ताशेयर २४ हजार ८२ पटकको कारोबारबाट १ अर्ब ७५ करोड ७४ लाख ५९ हजार ९ सय ५ रुपैयाँमा खरिद बिक्री भएको छ । यस्तै क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स शून्य दशमलब एक एक अंकले घटेर तीन सय २६ दशमलब चार नौ अंकमा पुगेर बन्द भएको छ ।

बुधबार कारोबार भएका १२ मध्ये ७ वटा समूहको सूचक ओरालो लागेको छ । व्यापार, होटल, जलविद्युत, अन्य र म्युचुअल फण्ड समूह भने उकालो लागेको छ । बुधबार सबैभन्दा बढी निर्जीवन बीमा समूहको सूचक ८८ दशमलब छ आठ अंकले ओरालो लागेको छ ।

प्राइम कमर्सियल बैंकको सबैभन्दा बढीको शेयर कारोबार हुँदा शेयर कारोबारका आधारमा अरुण काबेली पावर लिमिटेड अग्रस्थानमा रहेका छन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);