शेयरबजार परिसूचक नेप्से घटयो तर कारोबार बढ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

शेयरबजार परिसूचक नेप्से घटयो तर कारोबार बढ्यो

काठमाडौं, १७ पुस । साताको अन्तिम दिन बिहिबार शेयरबजार परिसूचक नेप्से घट्दा कारोबार भने बढेको छ । नेप्से तीन दशमलब दुई नौ अंकले घटेर परिसूचक एक हजार एक सय ६६ दशमलब दुई एक अंकमा पुगेको छ । १ सय ७० कम्पनीका १६ लाख ६० हजार ४ सय ६ कित्ताशेयर ७ हजार ८३ पटकको कारोबारबाट ५३ करोड २२ लाख ११ हजार २ सय ११ रुपैयाँमा खरिद बिक्री भएको छ ।

यस्तै क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स एक दशमलब एक शून्य अंकले घटेर २ सय ५२ दशमलब एक आठ अंकमा पुगेर बन्द भएको छ । बिहिबार कारोबार भएका १२ समूहमध्ये ९ वटा समूहको परिसूचक ओरालो लागेको छ ।

जलविद्युत, उत्पादन तथा प्रशोधन र लघुवित्त समूहबाहेक सबै सूचक ओरालो लागेका छन् । सबैभन्दा बढी शिवम् सिमेन्ट्सको ९ करोड २१ लाख बढीको कारोबार भएको छ ।

जोशी हाइड्रोपावर विकास कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी आठ दशमलब तीन तीन प्रतिशतले कमाएका छन् भने हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्ट एण्ड विकास कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी सात दशमलब पाँच आठ प्रतिशतले गुमाएका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);