साताको अन्तिम दिन नेप्से ७.७४ अंकले घट्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

साताको अन्तिम दिन नेप्से ७.७४ अंकले घट्यो

stock_exchange_nepse

काठमाडौं, ५ मंसिर । शेयर कारोबार साताको अन्तिम दिन बिहिबार शेयरबजार परिसूचक नेप्से ७ दशमलब सात चार अंकले घटेर एक हजार एक सय २० दशमलब ६ शून्य अंकमा पुगेको छ ।

१ सय ६७ कम्पनीका १० लाख ५० हजार ४ सय १२ कित्ताशेयर ५ हजार ६ सय ७२ पटकको कारोबारबाट २९ करोड ७७ लाख ९७ हजार ७१ रुपैयाँमा खरिद बिक्री भएको छ । यस्तै क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स एक दशमलब सात आठ अंकले घटेर २ सय ४६ दशमलब आठ नौ अंकमा पुगेको छ ।

बिहिबार व्यापार, अन्य र म्युचुअल फण्ड समूहबाहेक कारोबार भएका अन्य सबै समूहको परिसूचक ओरालो लागेको छ । व्यापार ३६ दशमलब एक ६, अन्य शून्य दशमलब ६ एक र म्युचुअल फण्ड समूह शून्य दशमलब शून्य एक अंकले उकालो लागेको छ ।

एनएमबि बैंकको सबैभन्दा बढी ४ करोड ३० लाख बढीको शेयर कारोबार भएको छ । साल्ट ट्रेडिङ कर्पोरेशनका लगानीकर्ताले सबैभन्दा बढी नौ दशमलब नौ तीन प्रतिशतले कमाएका छन भने जनउत्थान सामुदायिक लघुवित्त वित्तीय विकास बैंकका लगानीकर्ताले सबैभन्दा बढी आठ दशमलब दुई शून्य प्रतिशतले गुमाएका छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);