काठमाडौंमा उर्जा सम्मेलन सुरु, विभिन्न देशका ७ सय भन्दा बढीको सहभागिता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

काठमाडौंमा उर्जा सम्मेलन सुरु, विभिन्न देशका ७ सय भन्दा बढीको सहभागिता

काठमाडौं, ५ मंसिर । नेपालमा उर्जा क्षेत्रमा लगानी बढाउनका लागि राजधानी काठमाडौंमा उर्जा सम्मेलन सुरु भएको छ । स्वतन्त्र उर्जा उत्पादक संघ (इपान)ले आयोजना गरेको सम्मेलनलाई सम्बोधन गर्दै उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले आर्थिक विकासका लागि उर्जाको विकास अनिवार्य भएको बताउनुभएको छ ।

त्यसका लागि लगानी सुरक्षण गर्न सरकार प्रतिवद्ध रहको उहाँले बताउनु भयो । अहिले ५ हजार मेगावाट विद्युत उत्पादन गर्ने परियोजनाहरुको निर्माणको काम भइरहेको बताउँदै देशभित्र कुल १ हजार ३ सय २० मेगावाट मात्र विद्युतको माग रहेको जानकारी दिनुभयो ।

त्यसैले सरकारको लक्ष्य अनुसार उत्पादन भएमा भारत र बंगलादेशको बजार महत्वपूर्ण हुने भनाई उहाँको थियो । मन्त्री पुनले उत्पादित विद्युत नेपालमा मात्रै खपत हुन नसक्ने भएकाले क्षेत्रीय विकासका लागि उर्जाको प्रयोग बढाउनुपर्नेमा जोड दिनुभयो ।

इपानका अध्यक्ष शैलेन्द्र गुरागाईंले उर्जा क्षेत्रमा लगानी बढाउन र बजारको खोजी गर्न सम्मेलन प्रभावकारी हुने बताउनुभयो ।

सम्मेलनमा क्षेत्रीय विद्युत् व्यापार, विद्युत् बजार, नियमन, वित्तीय व्यवस्थापन, ऊर्जाको दिगो विकास, संघियतामा ऊर्जा परियोजनाहरु सञ्चालन र सहजीकरण, ऊर्जामा लगानी तथा आयोजना प्रदर्शनी जस्ता विषयमाथि छलफल हुने छ।

सम्मेलनमा नेपाल, भारत, बंगलादेश, भुटान, चीन, जापान, नेदरल्याण्ड, अमेरिका, कयानडा, नर्वे लगायतका देशहरुबाट ७ सय भन्दा बढीको सहभागिता रहेको छ । सम्मेलन शुक्रबार सम्म चल्ने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);