मंसिर ५ र ६ गते काठमाडौंमा उर्जा शिखर सम्मेलन हुने | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

मंसिर ५ र ६ गते काठमाडौंमा उर्जा शिखर सम्मेलन हुने

काठमाडौं, ६ कात्तिक । नेपालमा यही मंसिर ५ र ६ गते ‘ऊर्जा शिखर सम्मेलन’ आयोजना हुने भएको छ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो शिखर सम्मेलन आयोजना हुने औपचारिक जानकारी गराएको हो ।

नेपालको उर्जाको उत्पादन, बजारीकरण र त्यसका लागि आवश्यक बाह्य लगानी जुटाउने मुख्य उद्देश्यका साथ यो शिखर सम्मेलन आयोजना गर्न लागिएको इप्पानका वरिष्ठ उपाध्यक्ष कुमार पाण्डेले जानकारी दिनु भयो । काठमाडौंमा आयोजना हुने सो सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुनेछ ।

सो शिखर सम्मेलनमा भारत, बंगलादेश, चीन, क्यानडा, नेदरल्याण्ड, बेलायत, अमेरिका तथा जापानसहित विभिन्न देशका ७ सय भन्दा बढी उर्जा क्षेत्र विज्ञहरु सहभागी हुनेछन् ।

सो शिखर सम्मेलनमा अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको उर्जा क्षेत्रमा आवश्यक लगानीको विषयमा कार्यपत्र प्रस्तुत गर्नुहुने पनि इप्पानले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);