भाद्र २५ र २६ गते काठमाडौंमा नेपाल पूर्वाधार शिखर सम्मेलन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

भाद्र २५ र २६ गते काठमाडौंमा नेपाल पूर्वाधार शिखर सम्मेलन

काठमाडौं, २३ भदौ । काठमाडौंमा यही भाद्र २५ र २६ गते ‘तेस्रो नेपाल पूर्वाधार शिखर सम्मेलन’ आयोजना हुने भएको छ । नेपाल उद्योग परिसंघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो सम्मेलन आयोजना गर्न लागिएको जानकारी गराएको हो ।

सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नु हुनेछ भने दक्षिण कोरियाका पूर्व प्रधानमन्त्री डा. हान स्योङ सू किनोट स्पीकरको रुपमा सहभागी हुनुहुनेछ ।

परिसंघका अध्यक्ष सतिसकुमार मोरले सो सम्मेलनमा विशिष्ट स्पीकरको रुपमा भारतका युनियन स्टेट मिनिष्टर आरके सिंहले सम्बोधन गर्नु हुने जानकारी दिनु भयो ।

सम्मेलनमा सबै प्रदेशका मुख्यमन्त्रीहरु, योजना आयोगका पदाधिकारी पनि सहभागी हुनेछन् । प्रदेश सरकारका मुख्य सचिवहरुलाई पनि सो सम्मेलनमा सहभागी हुन निमन्त्रणा गरिएको पनि परिसंघका अध्यक्ष मोरले बताउनु भयो ।

नेपालको पूर्वाधार विकासमा आवश्यक बाह्य लगानी जुटाउने मूल उद्देश्यका साथ परिसंघले नेपाल सरकारसँगको सहकार्यमा सो शिखर सम्मेलन तेस्रो पटक आयोजना गर्न लागेको हो ।

परिसंघका अध्यक्ष मोरले विगतमा भन्दा यस वर्ष पूर्वाधार विकासका लागि विशेष रुपमा छलफल गर्न सो शिखर सम्मेलन सफल हुने विश्वास व्यक्त गर्नु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);