फागुन २ गते काठमाडौंमा ‘नेपाल उद्यमशील सम्मेलन’ हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

फागुन २ गते काठमाडौंमा ‘नेपाल उद्यमशील सम्मेलन’ हुने

काठमाडौं, ९ माघ । आगामी फागुन २ गते काठमाडौंमा ‘नेपाल उद्यमशील सम्मेलन’ आयोजना हुने भएको छ । नेपाल उद्योग परिसंघले सबै प्रदेशमा औद्योगिक वातावरण निर्माण गर्ने उद्देश्यले सो सम्मेलन आयोजना गर्न लागिएको बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

सम्मेलनमा सबै प्रदेशमा उद्योग संचालनको सम्भावनाका विषयमा विस्तृत छलफल गरिनेछ । अन्तराष्ट्रिय बजारमा नेपाली बस्तुको उत्पादन प्रतिस्पर्धा गर्न लायक बनाउन पनि सो सम्मेलन आयोजना गर्न लागिएको परिसंघका अध्यक्ष हरिभक्त शर्माले जानकारी दिए ।

अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोगमा परिसंघले आयोजना गर्न लागेको सो सम्मेलनमा नेपाल सरकार र निजी क्षेत्रका उद्यमीहरुबीच उद्योग संचालन सम्बन्धि विस्तृत छलफल गराउने योजना पनि परिसंघले तय गरेको छ ।

मुलुकलाई समृद्ध बनाउने सरकारको अभियानलाई साथ दिन सो सम्मेलन आयोजना गरिएको पनि अध्यक्ष शर्माले बताए । परिसंघले नेपाली बस्तुहरुको अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धाको लागि क्षमता वृद्धि गर्न सो सम्मेलनले सघाउ पु¥याउने अपेक्षा पनि गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);