नेपाल–भारत ऊर्जा बैठकः नेपालका प्रस्तावमा भारत सकारात्मक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

नेपाल–भारत ऊर्जा बैठकः नेपालका प्रस्तावमा भारत सकारात्मक

bijuli

पोखरा, १० माघ ।  नेपाल भारतबीच बुधबार पोखरामा भएको सहसचिवस्तरीय ऊर्जा बैठकमा नेपालले प्रस्ताव गरेका अधिकांश मुद्दामा भारत सकारात्मक भएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

नेपालले इनर्जी बैंकिङ र सीमापार विद्युत् व्यापारसम्बन्धी विषय प्रमुखताका साथ उठाएको थियो । दुवै सम्झौतामा बिहीबार सहमति हुने भएको छ ।

उर्जा, सिंचाइ तथा जलस्रोत सचिव दिनेशकुमार घिमिरेले नेपाले उठाएका प्रमुख मुद्दामा भारत सहमत भएको र सचिवस्तरीय बैठकले बिहीबार टुंग्याउने बताए ।

उनका समकक्षी भारतीय विद्युत् सचिव अजय भिल्लले पनि उक्त कुरालाई पुष्टि गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);