‘क्रस बोर्डर विद्युत व्यापार निर्देशिका’को स्वागत | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

‘क्रस बोर्डर विद्युत व्यापार निर्देशिका’को स्वागत

काठमाडौं, ९ पुस । सरकारले भारत सरकारले परिमार्जन गरेको ‘क्रस बोर्डर विद्युत व्यापार निर्देशिका’को स्वागत गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले सो निर्देशिका परिमार्जन गरेर भारत सरकारले नेपाल, भारत र बंगलादेशबीच विद्युत व्यापारका लागि बाटो खोलिदिएको उल्लेख गर्दै स्वागत गरेका हुन् ।

सोमबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी उनले नेपालमा उत्पादित विद्युत भारत, बंगलादेश हुँदै तेस्रो मुलुकमा व्यापार गर्न सो निर्देशिका उपयोगी रहेको बताए । मन्त्री पुनले नेपाल, भारत र बंगलादेशबीच भएको छलफलको आधारमा भारतले सो निर्देशिका परिमार्जन गरेको हो ।

भारतले सन् २०१६ मा बनाएको निर्देशिकामा आफूले लगानी गरेको आयोजनाबाट मात्रै विद्युत खरिद गर्ने व्यवस्था गरेको थियो । तर हालै परिमार्जन गरिएको सो निर्देशिकामा भने सो प्रावधान हटाइएको छ ।

त्यसलाई पनि नेपालले ठूलो उपलब्धिको रुपमा लिएको मन्त्री पुनको भनाई छ । मन्त्री पुनले परिमार्जित सो निर्देशिकाले विद्युत व्यापारका लागि ट्रान्समिसन लाईन नेपाल–भारत–बंगलादेशबीच विस्तार गर्ने योजनालाई सम्बोधन गरेको उल्लेख गर्दै खुसी व्यक्त गरे ।

नेपाल, भारत र बंगलादेशबीच त्रिदेशीय विद्युत प्रशारण लाईन विस्तार गर्ने विषयमा पनि छलफल भईरहेको छ । त्यसलाई पनि छिटो टुंगोमा पु-याउने मन्त्री पुनको योजना छ । बंगलादेशले नेपालको विद्युत खरिदका लागि आवश्यक तयारीको कामलाई अघि बढाइसकेको बताइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);