नेपाल र भारतबीच अन्तरदेशीय प्रशारणलाईन बनाउने सहमति | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेपाल र भारतबीच अन्तरदेशीय प्रशारणलाईन बनाउने सहमति

bijuli

काठमाडौं, २८ असोज । नेपाल भारत सचिवस्तरीय बैठकमा दुइ देशबीचको अन्तरदेशीय प्रशारणलाईन बनाउने सहमति भएको छ । भारतको बैंगलोरमा संचालन भएको बैठकमा न्यु बुटवल गोरखपुर प्रशारण लाइन बनाउने सहमती भएको हो । प्रशारणलाईनमा लाग्ने लागत दुवै देशले आधा-आधा बेहोर्ने छन् ।

जस अनुरुप कुल लागतको ५० प्रतिशत भारत र ५० प्रतिशत नेपालको पूँजी रहनेछ । यो प्रशारणलाईनको निर्माणमा संस्थाको पूँजी २० प्रतिशत र बाँकी ८० प्रतिशत ऋणमा बनाउने सम्झौता भएको हो ।

सो सम्झौताले सरकारको इनर्जी बैंकिङ योजनालाई थप सघाउ पुर्याउने अपेक्षा गरिएको छ । बैठकले ३ महिनाभित्र नेपाल विद्युत् प्राधिकरण र भारतको केन्द्रीय विद्युत् प्राधिकरणले संयुक्त कम्पनी स्थापना गर्ने र ६ महिनाभित्र निर्माणको लागि सहमति गर्ने निर्णय पनि गरेको छ ।

बैठकमा भारतले नेपालसँग इनर्जी बैंकिङको लागि आफ्नो अन्तरदेशीय विद्युत् व्यापार निर्देशिका संशोधन गर्न पनि सहमति जनाएको छ । नेपालमा बढी भएको विद्युत् भारत लैजाने र नेपाललाई आवश्यक परेको बखत् पुन ल्याउने गरी नेपालले इनर्जी बैंकिङको प्रस्ताव राखेको हो ।

यस्तै, बैठकले भारतको इनर्जी एक्सचेन्जमा प्राधिकरणलाई कारोबारको स्वीकृति दिने निर्णय गरेको छ। बैठकले इनरुवा–पूर्णिमा, लम्की–बरेली अन्तरदेशीय प्रसारण लाइनको डीपीआर पनि स्वीकृत गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);