मंगलबार शेयरबजार परिसूचक नेप्से ओरालोतर्फ | ईमाउण्टेन समाचार

Our Network

असोज २७ २०८३, बुधवार

मंगलबार शेयरबजार परिसूचक नेप्से ओरालोतर्फ

काठमाडौं, २८ असोज । मंगलबार शेयरबजार परिसूचक नेप्से ५ दशमलब शून्य आठ अंकले घटेर परिसूचक एक हजार एक सय ४२ दशमलब शून्य चार अंकमा पुगेको छ ।

१ सय ५१ कम्पनीका ७ लाख ६५ हजार ८ सय ९७ कित्ताशेयर २ हजार ८ सय १० पटकको कारोबारबाट २२ करोड २४ लाख ५२ हजार ७८ रुपैयाँमा खरिद बिक्री भएको छ ।

यस्तै क वर्गका कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स एक दशमलब शून्य पाँच अंकले बढेर २ सय ५० दशमलब दुई दुई अंकमा पुगेर बन्द भएको छ । मंगलबार कारोबार भएका सबै समूहको परिसूचक उकालो लागेको छ ।

सिद्धार्थ बैंकको ४ करोड बढीको शेयर कारोबार भएको छ । ग्रामीण लघुवित्त विकास केन्द्रका लगानीकर्ताले सबैभन्दा बढी ५ दशमलब नौ तीन प्रतिशतले कमाएका छन ।

ताजा समाचार