काठमाडौं, २५ कार्तिक । मंगलबार शेयरबजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । नेप्से २५ दशमलब नौ आठ अंकले बढेर परिसूचक १ हजार ६ सय ७८ दशमलब सात नौ अंकमा पुगेको छ ।
१ सय ९६ कम्पनीका ९६ लाख ५७ हजार ६ सय ७७ कित्ताशेयर ३८ हजार ६ सय ३४ पटकको कारोबारबाट ४ अर्ब ९ करोड ६१ लाख ९० हजार २ सयय ५६ रुपैयाँमा खरिद बिक्री भएको छ । यस्तै क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पाँच दशमलब शून्य छ अंकले बढेर तीन सय ३० दशमलब तीन नौ अंकमा पुगेर बन्द भएको छ ।
मंगलबार जलविद्युत र म्युचुअल फण्डबाहेक सबैको परिसूचक उकालो लागेको छ । जलविद्युत समूह शून्य दशमलब शून्य छ र म्युचुअल फण्ड समूह शून्य दशमलब शून्य दुई अंकले ओरालो लागेको छ । सबैभन्दा धेरै जीवन बीमा समूह ४७६ दशमलब तीन छ अंकले बढेको छ ।
यस्तै निर्जीवन बिमा समूह पनि १६० दशमलब चार अंकले वृद्धि भएको छ । वाणिज्य बैंक समूहको सूचक ७ दशमलब एक एक अंकले उकालो लागेको छ । साल्ट टे«डिङ कर्पोरेशन, कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले १० प्रतिशतले कमाउँदा सानिमा जनरल इन्सुरेन्सको लगानीकर्ताले नौ दशमलब नौ एक प्रतिशतले कमाएका छन ।
मंगलबार विशाल बजार कम्पनीको भाउ सबैभन्दा धेरै ४ दशमलब छ एक प्रतिशतले घटेको छ । नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढीको शेयर कारोबार हुँदा शेयर कारोबारका आधारमा कामना सेवा विकास बैंक अगाडि रहेका छन ।