शेयरबजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

शेयरबजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि

काठमाडौं, ७ पुस । सोमबार शेयरबजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । नेप्से १७ दशमलब ७७ अंकले बढेर परिसूचक ११सय ६८ दशमलब ५८ अंकमा पुगेको छ ।

१ सय ७७ कम्पनीका १७ लाख ५४ हजार ३ सय ६३ कित्ताशेयर ६ हजार ९३ पटकको कारोबारबाट ५९ करोड ५७ लाख ६४ हजार ५ सय ४४ रुपैयाँमा खरिदबिक्री भएको छ ।

यस्तै क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २ दशमलव ९४ अंकले बढेर २ सय ५४ दशमलब पाँच तीन अंकमा पुगेर बन्द भएको छ । सोमबार म्युचुअल फण्ड समूहबाहेक कारोबार भएका सबै समूहको परिसूचक उकालो लागेको छ ।

म्युचुअल फण्ड समूहको सूचक शून्य दशमलब ०९ अंकले ओरालो लागेको हो । शिवम् सिमेन्ट्सको सबैभन्दा बढी ५ करोड ८५ लाख बढीको शेयर कारोबार भएको छ ।

सिटिजन इन्भेष्टमेन्ट ट्रष्टका लगानीकर्ताले सबैभन्दा बढी १० प्रतिशतले कमाएका छन भने पाँचथर पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी ७ दशमलब शून्य एक प्रतिशतले गुमाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);