नेपाल बंगलादेश बैंकले १२ प्रतिशत लाभांश दिने | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

नेपाल बंगलादेश बैंकले १२ प्रतिशत लाभांश दिने

काठमाडौं, ७ पुस । नेपाल बंगलादेश बैंकको साधारण सभाले आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट १२ प्रतिशत लाभांश दिने सञ्चालक समितिको प्रस्ताव पारित गरेको छ ।

बैंकको सोमबार बसेको २५ औं वार्षिक साधारण सभाले ५ प्रतिशत बोनस शेयर सहित कर प्रयोजनको लागि समेत गरी ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

त्यस्तै अर्को कुनै बैंक वा वित्तीय संस्थासँग एक आपसमा गाभिने तथा प्राप्ती गर्ने सम्बन्धमा आवश्यक सहमति तथा सम्झौता गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने पस्ताव समेत पारित भएको छ ।

आर्थिक वर्ष २०७५/०७६ मा बैंकले कुल निक्षेपमा २४ दशमलव ५५ प्रतिशतले वृद्धि गरी ५९ अर्ब ७६ करोड रुपैयाँ पु-याएको र ५५ अर्ब ७१ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो ।

बैंकले गत वर्ष १ अर्ब ५८ करोड ७९ लाख रुपैयाँ खुद मुनाफा कमाएको थियो । त्यस्तै बैंकको निष्कृय कर्जा भने १ दशमलव ७४ प्रतिशत रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);