नेपाल बैंकका शेयरधनीहरुले २३ वर्ष पछि पाए लाभांश | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

नेपाल बैंकका शेयरधनीहरुले २३ वर्ष पछि पाए लाभांश

काठमाडौं, २५ पुस । नेपाल बैंकका शेयरधनीहरुले २३ वर्ष पछि लाभांश पाएका छन् । नेपाल बैंकको शुक्रबार बसेको ६० औं वार्षिक साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको १५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव अनुमोदन गरेपछि लगानीकर्ताले २३ वर्ष पछि लाभांश पाएका हुन् ।

बोनस शेयर पारित भएसँगै नेपाल बैंकाको चुक्ता पूँजी ११ अर्ब २८ करोड २८ लाख २० हजार २ सय रुपैयाँ पुगेको छ । साधारण सभामा शेयरधनीहरुले बैंकको खराब कर्जा अझै बढी रहेको बताउँदै त्यसलाई घटाउनु ध्यान दिन सुझाव दिएका थिए ।

बैंकका अध्यक्ष बासुदेव अधिकारीले शेयरधनीहरुको प्रश्नको जवाफ दिँदै खराब कर्जा घटाउन प्रयत्न गरिरहेको जानकारी दिनुभयो । उहाँले राष्ट्र बैंकले स्प्रेड रेट र बेस रेट घटाउन निर्देशन दिएकाले खुद ब्याज आम्दानी घटेको समेत बताउनुभयो।

त्यस्तै अध्यक्ष अधिकारीले नगद लाभांश वितरण साधारण सभा सकिएको दुई घण्टापछि शुरु हुने र बोनस शेयर छिट्टै नै नेप्सेमा सुचीकरण गराई सम्बन्धित शेयरधनीलाई वितरण गरिने जानकारी दिनुभयो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);