४०% लाभांश वितरण गर्दै नेपाल इन्भेष्टमेन्टको ३२ औं साधारण सभा सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

४०% लाभांश वितरण गर्दै नेपाल इन्भेष्टमेन्टको ३२ औं साधारण सभा सम्पन्न

investment-bank-agm

काठमाडौं, ३० पुस । नेपाल इन्भेष्टमेन्ट बैंकले लगानीकर्ताहरुलाई ४० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । हाल आर्थिक वर्ष २०७४/७५ सबैभन्दा धेरै लाभांश दिने कम्पनी नेपाल इन्भेष्टमेन्ट रहेको छ । बैंकले आयोजना गरेको ३२औं वार्षिक साधारण सभाले १८ प्रतिशत बोनस शेयर र २२ प्रतिशत नगद लाभांश पारित गरेको हो । यो समाचार आजको अभियान दैनिक पत्रिकामा छापेको छ ।

राजधानीको राष्ट्रिय सभा गृहमा आयोजना भएको उक्त सभा संचालक समितिका अध्यक्ष पृथ्वीबहादुर पाँडे तथा बैंकका उच्च पदाधिकारीहरुको उपस्थितीमा सम्पन्न भएको छ । बैंकले उक्त बोनस शेयर वितरण गरे पश्चात चुक्तापूँजी रू. १२ अर्ब ५८ करोड पुग्नेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);