वाइड बडीमा आफ्नो कुनै संलग्नता नरहेको कांग्रेस सभापति देउवाको दाबी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

वाइड बडीमा आफ्नो कुनै संलग्नता नरहेको कांग्रेस सभापति देउवाको दाबी

sher bahadur deuwa

काठमाडौं, ३० पुस । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल वायुसेवा निगमको वाइड बडी विमान खरीद प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन् ।

प्रेस युनियनले सोमबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री देउवाले वाइड बडीका विषयमा आफ्नो नाम जोडेर भ्रम सिर्जना गर्न खोजिएको भन्दै त्यसमा आफ्नो कुनै संलग्नता नभएको बताएका हुन् । उनले विमान खरीद प्रक्रियाका सबै महत्वपूर्ण निर्णय तत्कालीन केपी शर्मा ओली सरकारकै पालामा भएको समेत दाबी गरे ।

सभापति देउवाले नेपाली काँग्रेस महासमितिको बैठकपछि पार्टी एक ढिक्का भएको भन्दै नेविसंघमा देखिएको विवाद चाँडै समाधान गरिने समेत बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);