वाइडबडी विमान खरीद प्रक्रियामा मेरो कुनै संलग्नता छैन : पर्यटनमन्त्री अधिकारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

वाइडबडी विमान खरीद प्रक्रियामा मेरो कुनै संलग्नता छैन : पर्यटनमन्त्री अधिकारी

rabindra adhikari

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले वाइडबडी विमान खरिद प्रक्रियामा आफ्नो संलग्नता नरहेको दावी गरेका छन् । मन्त्री अधिकारीले आफू मन्त्री हुनु अघि नै वाइडबडी विमान खरिदका लागि आवश्यक सबै प्रक्रिया पूरा भएकाले त्यसमा आफ्नो कुनै संलग्नता नभएको बताए ।

शुक्रबार संघीय संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा सो विमान खरिदका सम्बन्धमा ठूलो आर्थिक अनियमितता भएको आशंका गर्दै समितिका सदस्यहरुले प्रश्न उठाएका थिए । त्यसको जवाफमा मन्त्री अधिकारीले सो विमान खरिद प्रक्रियामा आफ्नो कुनै संलग्नता नरहेकोे स्पष्टिकरण दिनु भयो । मन्त्री अधिकारीले वाइडबडी विमान खरीदको कागजाज समिति समक्ष २४ घण्टाभित्र उपलब्ध गराउने बचन समेत दिए ।

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव एवम् नेपाल वायु सेवा निगमका अध्यक्ष कृष्णप्रसाद देवकोटाले वाइडबडी विमान खरिद प्रक्रियामा असर नपर्नेगरी सो सम्बन्धमा छानवीनका लागि समितिलाई आवश्यक पर्ने सबै आवश्यक कागजात उपलब्ध गराउने बचन दिए ।

नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले निगममाथि बारम्बार कमिशन खाएको आरोप लाग्ने गरेको भन्दै गुनासो गरे । उनले निगमसँग आर्थिक अवस्था कमजोर भएकाले वाईडबढि विमान उडान भर्नका लागि समस्या भईरहेको समितिलाई जानकारी दिए ।
महाप्रबन्धक कंसाकारले वाइडबडी विमान खरिद पारदर्शी भएको दावी पनि गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);