वाईडबडी खरीद प्रक्रियामा पर्यटनमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको भन्दै सांसद आक्रोशित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

वाईडबडी खरीद प्रक्रियामा पर्यटनमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको भन्दै सांसद आक्रोशित

rabindra adhikari

काठमाडौं, १९ मंसिर । वाईडबडी विमान खरिद प्रकरणबारे छानविन गर्न गठित समितिमा खरिद प्रक्रियामा संलग्न व्यक्तिलाई नै राखिएको भन्दै सांसदहरुले पर्यटन मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।

बुधवार सार्बजनिक लेखा समितिको बैठकमा समितिका सदस्यहरुले पर्यटन मन्त्री रवीन्द्र अधिकारीको जवाफ समेत चित्त बुझ्दो नभएको भन्दै आक्रोस पोखेका थिए ।

प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बुधबार बसेको बैठकमा समितिका सदस्यहरुले विवादित वाइडबडी बिमान खरिद प्रक्रियामा संलग्न व्यक्तिलाई नै छानविन समितिको सदस्यमा राखिएको भन्दै गम्भीर आपत्ती जनाएका थिए ।

बैठकमा पर्यटन, नागरिक उड्डयन तथा संस्कृति मन्त्री रविन्द्र अधिकारीले खरिद प्रक्रियाबारे छानविन समितिको प्रतिवेदन आईसकेकाले मन्त्रालयले त्यसको अध्ययन गरिरहेको बताएपछि समितिमा रहेका सदस्यहरुमाथि नै सांसदहरुले प्रश्न उठाएका हुन् ।

समिति सदस्य डाक्टर मिनेन्द्र रिजालले आर्थिक अनियमितताका सम्बन्धमा मन्त्रीको जवाफ चित्त बुझ्दो नभएको भन्दै थप स्पष्ट पार्नुपर्ने माग गरे ।

समितिका अर्का सदस्य अमनलाल मोदीले पनि भ्रष्टाचारमा संलग्न व्यक्तिलाई नै छानविन समितिको सदस्य बनाउँदा आर्थिक अनियमिततामा मन्त्रालयको पनि मिलेमतो भएको हो कि भन्ने शंका उब्जाएको टिप्पणी गरे

त्यसैगरी समितिका सदस्य प्रेम आलेले वाईडवडी विमान खरिदमा नागरिक लगानी कोष, सञ्चयकोषका अध्यक्ष र विदेशी मुद्राको स्वीकृत गर्ने राष्ट्रबैकलाई पनि छानविनको दायरामा ल्याउन माग गरे ।

सदस्य तेजुलाल चौधरीले पनि छानविन समितिमा निगमकै मान्छे राखेर बनाईएकोमा आपत्ती जनाए । समितिका सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा पर्यटन मन्त्री अधिकारीले वाईडवडी विमान खरिदका सम्बन्धमा मन्त्रालय गम्भीर रहेको भन्दै आवश्यक परे थप अध्ययन अघि बढाउने प्रतिवद्धता जनाए ।

वाईडवडी बिमान खरिद प्रक्रिया नियमसंगत नरहेको भन्ने महालेखा परीक्षकको प्रतिवेदनसंगै यसमा झण्डै ६ अर्बको आर्थिक अनियमितता भएको चर्चा भएपछि संसदीय समितिले यसमा चाँसो देखाएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);