महिला हिंसाका घटनामा कुनै सुधार आएन | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

महिला हिंसाका घटनामा कुनै सुधार आएन

mahila

सीता शर्मा
काठमाडौं, १९ मंसिर । महिला हिंसा विरुद्धको १६ दिने अभियान संचालन भइरहेको छ । महिला हिंसा रोक्न कडा कानुन आएपनि समाजको संरचना र कानुन कार्यान्वयनमा उदासिन सरकारका कारण हिंसा कम हुन सकेको छैन । कमजोर सरकार र हिंसायुक्त समाजिक संरचनाका कारण हिंसारहित समाजको परिकल्पना परिकल्पनामै सिमित भएको छ ।

महिला हिंसा विरुद्धको अभियान सञ्चालन भएको वर्षौ वितिसक्दा पनि महिला माथि हिंसाहरुमा कमि आउन सकेको छैन । अझैपनि हाम्रो समाजमा प्रथा र परम्पराको आडमा महिलामाथि हिंसा हुने गरेका छन् ।

महिला भएकै कारण परिवार समाज र राज्यबाटै शारिरिक, यौनिक, मानसिक, सामाजिक, आर्थिक राजनैतिक लगायतका हिंसाहरु भोग्न महिलाहरु बाध्य छन् । संविधान र कानुनले सबै नागरिकहरुलाई समान अधिकारको प्रत्याभुती गरेको भएपनी त्यसको व्यवहारिक कार्यान्वयन नहुँदा महिला हिंसा समाजबाट निर्मुल हुन सकेको छैन ।

बलात्कार, यौनजन्य हिंसा, बिभिन्न बहानमा महिलामाथि हुने कुटपिटका घटना दैनिक समाचार बनिरहेका छन् । समाजमा भएको परम्परागत सोचाइका कारण हिंसाको घटनामा कमि आउन नसकेको सरोकारवालाहरु बताउँछन् ।

देशमा हिंसा विरुद्धको अभियान चलेको लामो समय हुँदा पनि हिंसाका घटनाहरुमा कमि आउन सकेको छैन । कुरीती र कुसंस्कार लाई आधार बनाएर समाजमा छाउपडी, बहुविवाह, दाइजो, बोक्सी लगायतका हिंसाहरु कायमै छन् ।

बलात्कार जस्तो जघन्य हिंसाका घटना प्रत्येक वर्ष नेपालमा एक हजार भन्दा बढी घट्ने गरेका छन् । महिला र बालिका हिंसाको शिकार भइरहँदा राज्य संयन्त्र प्रभावहिन जस्तै बनिरहेको छ । ७ महिना देखि ८० वर्ष सम्मका महिला र बालिकाहरु बलात्कारको शिकार भइरहेका छन् भने हिंसाका पीडितहरुले पनि न्याय पाउन सकेका छैनन् । नेपालमा ठुलो राजनीतिक परिर्वतन आएपनि सामाजिक परिर्वतन हुन नसक्दा महिलाहरु दिनानुदिन हिंसाको शिकार भइरहेको छन् ।

पछिल्लो समय त हिंसामा परेका पीडितहरुको न्याय पनि निकै महंगो भएको छ । साउन १० गते बलात्कार पछी हत्या भएकी निर्मला पन्तले अझै न्याय पाउन सकेकी छैनन् । महिला हिंसाका घटनाका दोषीहरुलाई कारबाहि गर्नका लागि सडकमा नै आउनु पर्ने अवस्था सिर्जना भएको छ ।

निर्मला पन्त एउटा प्रतिनिधी पात्र भएपनि उनीजस्ता धेरै महिला र बालिका समाजमा न्याय नपाएर तड्पीरहेको अवस्था छ । महिला हिंसा बिरुद्धका हरेक कानुनलाई केन्द्रीत गरिएपनि त्यसको व्यवहारिक कार्यान्वयनक प्रभावकारीे नहुँदा हिंसाका घटना दिनानुदिन बढीरहेका छन् ।

अहिले महिला हिंसा बिरुद्धको १६ दिने अभियान चलिरहेको छ । लैङ्गिक हिंसा विरुद्ध सचेतना फैलाउने उद्देश्यले हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म १६ दिन अन्तर्राष्ट्रिय रुपमा नै महिला हिंसा विरुद्धको १६ दिने अभियान मनाउने गरिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);