अज्ञानता र अन्धविश्वासको कारण धर्मको नाममा महिलाहिंसा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अज्ञानता र अन्धविश्वासको कारण धर्मको नाममा महिलाहिंसा

mahila

काठमाडौं, १७ मंसिर । धार्मिक अगुवाहरुले अज्ञानता र अन्धविश्वासको कारण विकासोन्मुख देशहरुमा धर्मको नाउँमा नारीशोषण, भेदभाव, दमन तथा पितृसतात्मक व्यवहार हुने गरेको बताएका छन् ।

महिला हिंसा न्यूनिकरणमा धार्मिक अगुवाहरुको भुमिका सम्बन्धी मंगलबार काठमाडौंमा आयोजित एक अन्तरक्रियामा उनीहरुले धर्मका नाउँमा महिला हिंसा बढ्दै गएको बताएका हुन् ।

सन् १८७० देखि संयुक्त राष्ट्रसंघले महिला हिंसा विरुद्धको अभियान चलाएको भएपनि विकासोन्मुख मुलुकहरुमा अझैपनि धर्मको नाउँमा कुनै न कुनै हिंसा हुने गरेको उनीहरुको भनाई छ ।

धार्मिक अगुवाहरुले महिलामाथि हुने गरेको पीडा, क्षति, अपहेलना, ठगी, अपमान र दुर्व्यवहार नै हिंसा भएको बताउँदै ती सबै कामहरु धर्मकै नाउँमा हुने गरेको बताएका छन् ।

उनीहरुले यसबाहेक महिलाले परिश्रम गरेबापत पाउने मूल्य, व्यक्तिगत स्वतन्त्रता, शिक्षा, घरेलु कामको विभाजन, अर्थ व्यवस्थाको जिम्मेवारी, पारिवारिक विषयप्रतिको रायसुझाव र निर्णय लगायतका काममा समेत हुने विभेद नै महिला हिंसा भएको बताएका छन् ।

उनीहरुले धर्म जीवन शैली भएको तर त्यसको गलत व्याख्याका कारण महिलामाथि विभेद हुने गरेको बताएका छन् । हरेक वर्ष नोभेम्बर २५ मा ‘महिला हिंसा विरुद्ध अन्तराष्ट्रिय दिवस’ मनाउने गरिन्छ ।

सोही अनुसार नेपालमा पनि २५ नोभेम्बरदेखि १० डिसेम्बर सम्म १६ दिने महिला हिंसा विरुद्धको अभियान देशैभर सञ्चालन गरिने भएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);