लैंगिक हिंसा पुरुषमाथि पनि  | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

लैंगिक हिंसा पुरुषमाथि पनि 

काठमाडौैं । लैङ्गिक समानता र राष्ट्रिय मापदण्ड सम्बन्धी कार्यशाला गोष्ठीका सहभागीहरुले लैंगिक हिंसा महिलामात्र नभएर पुरुषमाथि पनि हुने गरेको बताएका छन् । काठमाडौं बिहीबार र शुक्रबार चलेको दुई दिने लैङ्गिक समानता र राष्ट्रिय मापदण्डसम्बन्धी गोष्ठीका सहभागीहरुले लैंगिक हिंसा अन्त्य हुनुपर्नेमा जोड दिए ।

विश्वभरका सात सय युनियनहरूको छाता युनियन पब्लिक सर्भिस इन्टरनेसनलले गरेको सो गोष्ठीमा   नेपालभित्रका नौवटा   युनियनका  व्यक्तिहरू सहभागी थिए ।

 कार्यशालामा लैङ्गिक  हिंसा, सी १९०  के हो र  लैंगिक हिंसा कसरी कम गर्न सकिन्छ भन्ने  विषयमा छलफल भएको थियो । सो क्रममा लैंगिक हिंसा महिलामाथि  मात्र नभएर पुरूषमाथि नि दुर्व्यवहार हुने गरेको सहभागीले बताएका हुन् । 

उनीहरुले दुर्व्यवहारसम्बन्धी नयाँ नयाँ स्वरूपहरू आएका भन्दै सामाजिक सञ्जालमार्फत् पनि दुर्व्यवहार  बढिरहेको बताए ।  कार्यक्रममा पब्लिक सर्भिस इन्टरनेसनलका एसिया प्यासिफिक  महासचिव रामन कान्नन,    बन्दना शर्मा, तिलकजङ्ग खड्का, राधिका कुइँकेल,  मञ्जु थापामगर, कमला कुइँकेललगायतले आआफ्नो धारणा राखेका थिए ।   

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);