लैंगिक समानता नीति, २०७५ को मस्यौदा तयार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

लैंगिक समानता नीति, २०७५ को मस्यौदा तयार

tham maya thapa

काठमाडौं, ९ जेठ । सरकारले राष्ट्रिय लैंगिक समानता नीति, २०७५ को मस्यौदा तयार पारेको छ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले लैंगिक समानतामूलक राष्ट्र निर्माणका लागि सरकारले राष्ट्रिय लैंगिक समानता नीति, २०७५ को मस्यौदालाई अन्तिम रुप दिएको बताइन् ।

बुधबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरी उनले लंैगिक विभेदको अन्त्य गर्ने लक्ष्य प्राप्तीका लागि सरकारले आवश्यक कानुन निर्माणको काममा ढिलाई नगर्ने पनि स्पष्ट पारेकी छन् । मन्त्री थापाले महिला हिंसा हुन नदिन सरकार सचेत रहेको बताइन् ।

मन्त्री थापाले अपांगता भएका व्यक्तिको अधिकार सम्बन्धि १० वर्षे राष्ट्रिय नीति पनि तयार पारिएको बताइन् । स्थानीय तहबाटै महिला हिंसा अन्त्य गर्न आवश्यक अभिमूखिकरण कार्यक्रम संचालनमा ल्याइएको छ ।

मन्त्री थापाले हिंसा पीडित महिलाहरुको पुनस्र्थापनाका लागि काठमाडौंमा मंगला– साहना पुनस्थापना केन्द्र संचालनमा ल्याएको बताइन् । मन्त्रालयले जेष्ठ नागरिकहरुप्रति सम्मानपूर्वक भावनाको विकास गर्न ७५ वटा जिल्लामा २ सय २५ वटा विद्यालय अन्तरपुस्ता सीप हस्तान्तरण कार्यक्रम पनि संचालन गरेको छ ।

मन्त्री थापाले आफू जनताको चाहना अनुसार काम गर्न प्रतिवद्ध रहेको बताएकी छन् । मन्त्रालयको हालसम्मको कार्य प्रगति विवरण सार्वजनिक गर्दै उनले एकल महिलाको क्षमता अभिवृद्धि कार्यक्रमलाई उच्च प्राथमिकता दिएको स्मरण गराइन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);