प्रतिनिधिसभामा महिला हिंसा अन्त्यको संकल्प | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

प्रतिनिधिसभामा महिला हिंसा अन्त्यको संकल्प

sanghaiya samsadh

काठमाडौं, ९ भदौ । महिलामाथिका बलात्कार, हत्या, हिंसा र शोषणका घटनालाई अन्त्य गर्न प्रतिनिधिसभाले संकल्प गरेको छ। पछिल्ला दिनमा महिलामाथि हिंसाका घटना बढेपछि प्रतिनिधिसभाले बिहीबार संकल्प प्रस्ताव पारित गरी महिलामाथिका सबैखाले हिंसा अन्त्य गर्ने अठोट गरेको हो।

नेकपा सांसद बिन्दा पाण्डेसहित २२ जना सांसदले महिला हिंसाका घटना अन्त्य गर्न भन्दै प्रतिनिधिसभामा संकल्प प्रस्ताव दर्ता गरेका थिए। उक्त संकल्प प्रस्तावलाई सर्वसम्मत पारित गर्दै प्रतिनिधिसभाले महिलामाथि हुने हिंसा, शोषण, अन्याय गर्नेलाई तत्काल पक्राउ गरी कारबाही गर्न र पीडितलाई क्षतिपूर्तिसहित सामाजिक पुनस्र्थापनाका लागि यथोचित व्यवस्था गर्न सरकारलाई तीन बुँदे निर्देश गरेको छ।

‘महिला हिंसालगायतका त्रुटीपूर्ण सामाजिक मान्यताविरुद्ध र समानता तथा सामाजिक न्यायको पक्षमा विद्यालय तहका पाठ्यक्रम परिवर्तन गर्ने क्रममा समावेश गरी शिक्षा दिने व्यवस्था मिलाउन सरकारलाई निर्देश गर्दछ’, संकल्प प्रस्तावमा भनिएको छ, ‘संविधान र कानुनले प्रदत्त गरेका हक र अधिकारका विषयमा र महिलामाथि हुने हिंसा, शोषण र दमनविरुद्ध देशव्यापीरूपमा व्यापक अभियान चलाउन पनि सरकारलाई निर्देशन छ।’ महिलामाथि भएका सबै प्रकारका हिंसा, शोषण, विभेदविरुद्ध जनप्रतिनिधिहरू पुनः एकतावद्ध भइ अभियानकै रूपमा लाग्ने संकल्प पनि प्रस्तावमा गरिएको छ।

झण्डै तीन घण्टा प्रतिनिधिसभामा संकल्प प्रस्तावमाथि भएको छलफलमा सांसदहरूले महिला हिंसाका घटना बढ्दै गएपनि अपराधी पक्राउ गर्न नसकेको र पीडितलाई क्षतिपूर्ति दिन सरकारले पहल नगरेको भन्दै आपत्ति जनाएका थिए। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले महिला माथिका हिंसा अन्त्य गर्न सरकार प्रतिवद्ध रहेको बताइन।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);