प्रतिनिधसभामा प्रस्तुत भएको संकल्प प्रस्ताव पारित | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

प्रतिनिधसभामा प्रस्तुत भएको संकल्प प्रस्ताव पारित

sadan

काठमाडौं, ८ भदौ । महिला हिंसाविरुद्ध प्रतिनिधसभामा प्रस्तुत भएको संकल्प प्रस्ताव पारित भएको छ । प्रतिनिधीसभाको शुक्रबारको बैठकले महिला तथा बालबालिकामाथि हुने हिंसासम्बन्धी संकल्प प्रस्ताव माथि लामो छलफलपछि सर्वसम्मतिले पारित गरेको हो ।

महिला हिंसाविरुद्धको घटना घट्ने भन्दा पनि बढ्ने क्रममा रहेको भन्दै विभिन्न राजनीतिक दलका २२ सांसदले उक्त प्रस्ताव दर्ता गराएका थिए । छलफलपछि प्रतिनिधीसभाले महिलामाथि हुने हिंसा, शोषण, विभेद गर्ने अपराधीहरुलाई तत्काल पक्राउ गरी कडा कारवाही गर्न र पीडितहरुको उपचार, क्षतिपूर्ति तथा सामाजिक पुनस्थापनाको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।

त्यसघि बैठकमा उक्त प्रस्तावमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै महिला बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापाले पर्याप्त कानूनी व्यवस्था भए पनि नेपाली समाजमा लामो समयदेखिको सामन्तवादी संस्कारका कारण महिलाहरुले न्याय पाउन नसकेको बताइन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);