कञ्चनपुरमा प्रहरीको गोली लागेर एकको मृत्यु, ५ घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कञ्चनपुरमा प्रहरीको गोली लागेर एकको मृत्यु, ५ घाइते

कञ्चनपुर, ८ भदौ । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा प्रहरीले चलाएको गोली लागेर एकजनाको ज्यान गएको छ भने अन्य ५ जना घाइते भएका छन् । आज दिनभर शान्त बनेको महेन्द्रनगर एकाएक तनावग्रस्त बनेको हो ।

प्रहरीले चलाएको गोली लागेर चेतन भट्ट, दामोदर खत्री, कविन्द्र सिंह, सगुन सुवेदी, र उमेश देउवा गम्भीर घाइते भएका छन् । घाइतेको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ । प्रदर्शनकारीहरू जिल्ला प्रशासन कार्यालयतर्फ आउँदै गर्दा प्रहरीले गोली चलाएको हो ।

यसैबीच कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी भनिएकी बालिकाको छानविन गर्न वनेको समिती महेन्द्रनगर पुगेको छ । प्रहरीले नक्कली अभियुक्त उभ्याएको भन्दै विरोध प्रदर्शन भएपछि सरकारले सहसचिव हरीप्रसाद मैनालीको संयोजकत्वमा ५ जनाको छानविन समिती गठन गरेको थियो ।

समितीले शुक्रवारबाटै काम सुरु गरेको संयोजक मैनालीले जानकारी दिए ।१३ वर्षीया बालिका निर्मला पन्तको हत्याबारे छानबिन गर्न माग गर्दै शुरु भएको आन्दोलन चर्किएपछि सरकारले गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरेको हो । समितिको म्याद १५ दिनको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);