नवलपरासीमा सशस्त्रको गोली लागेर एक युवक गम्भीर घाइते | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८०, बुधवार

नवलपरासीमा सशस्त्रको गोली लागेर एक युवक गम्भीर घाइते

goli parahar

नवराज पाठक,

नवलपरासी । पश्चिम नवलपरासीको दक्षिणी सीमामा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक स्थानीय युवक गम्भीर घाइते भएका छन् ।

गोली लागेर समाजसेवी बच्चा रायका छोरा २२ वर्षे अविनाश राय घाइते भएको स्थानीयले बताएका छन् । घटना के कारणले भएको खुल्न सकेको छैन ।

घटना प्रतापपुर गाउंपालिका वडा नं. ६ कठहवामा जेठ ५ गते बुधवार विहान साढे नौ बजेको हो । सीमातर्फ जाँदै गरेका ३ जना नेपाली युवकलाइ लक्षित गरी प्रहरीले गोली चलाएको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रहरीले सीमामा गोली चलाएको घटनाले स्थानीयमा त्रास बढेको छ । सीमावर्ती गाँउ नेपाल-भारत दुबैतर्फको अवस्था तनावपुर्ण बनेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);