लैङ्गिक हिंसा सामाजिक अपराध : उपप्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

लैङ्गिक हिंसा सामाजिक अपराध : उपप्रधानमन्त्री

काठमाडौं, २२ मंसिर । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोख्रेलले हिंसा अन्त्यका लागि महिलालाई आर्थिक, समाजिक तथा राजनीतिक रुपमा शसक्त बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका सन्र्दभमा आईतबार राजधानीमा गरेको प्रदेश स्तरीय अभियानलाई सम्बोधन गर्दै मन्त्री पोख्रेलले महिलालाई आर्थिक, सामाजिक र राजनीतिक रुपमा शसक्त नबनाएसम्म महिलामाथिको हिंसा अन्त्य नहुने बताउनुभएको हो ।

सरकारको साथै सरोकारवाला सबै संघ संस्था र नागरिक तहबाट निरन्तर लैङ्गिक हिंसा अन्त्यका लागि प्रयास गरिनुपर्ने र ती प्रयासहरु समानता प्रति लक्षित हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

सबै क्षेत्रमा महिलाले समान हैसियत बनाएपछि हिंसा अन्त्य सहज हुने भन्दै उहाँले समानता बिना लैङ्गिक हिंसा अन्त्यको अभियान सार्थक नहुने बताउनुभयो ।

उहाँले लैङ्गिक हिंसा सामाजिक अपराध हो भन्ने बुझनु र बुझाउनु जरुरी रहेको बताउनुभयो । लैङ्गिक हिंसालाई व्यक्तिगत मुद्दा भन्दै ढाकछोप गर्नेलाई कानूनी कारवाहीको दायरामा ल्याएर दण्डनिय बाउनुपर्नेमा उहाँले जोड दिनुभयो।

हिंसा अन्त्य गर्दै समानता सहितको समृद्ध नेपाल सुखी नेपाली को राष्ट्रिय आकांक्षा पुरा गर्ने अभियानमा जुट्न उहाँले सबैलाई आव्हान समेत गर्नुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);