सचिवालय बैठकको पूर्वसन्ध्यामा प्रचण्ड छलफलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सचिवालय बैठकको पूर्वसन्ध्यामा प्रचण्ड छलफलमा

पुष्पकमल दाहाल

काठमाडौं, २२ मंसिर । पार्टी एकीकरणका बाँकी काम टुंग्याउने बिषयमा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले आइतवार पार्टीका नेताहरुसंग छलफल गर्नुभएको छ ।

कार्यकारी अध्यक्षको परिभाषित जिम्मेवारी पाएपछि गतसाता सचिवालयको पहिलो बैठक राख्नुभएका दाहालले सोमवार सचिवालयको अर्काे बैठक बोलाउनु भएको छ ।

बैठकको पूर्वसन्ध्यामा दाहालले आईतवार वरिष्ठ नेता माधवकुमार नेपाल, सचिवालय सदस्य ईश्वर पोखरेल, महासचिव विष्णु पौडेललगायतका नेतासँग परामर्श गर्नुभएको हो ।

दाहाल निवास खुमलटारमा भएको छलफलमा स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने लगायतका विषयमा छलफल भएको बताइएको छ । नेकपाले ३२ विभागमा सदस्यहरू पनि चयन गर्न बाँकी छ ।

सोमबार बस्ने बैठकमा उपचुनाव भएका स्थानहरूको समीक्षात्मक रिपोर्टमाथिसमेत छलफल हुने छ । अघिल्लो सचिवालय बैठकले आइतबारसम्म रिपोर्ट पठाउन मातहत कमिटीलाई निर्देशन दिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);