एकता प्रक्रिया पूरा गर्न प्रचण्ड सक्रिय | ईमाउण्टेन समाचार

Our Network

असार ३२ २०८१, सोमबार

एकता प्रक्रिया पूरा गर्न प्रचण्ड सक्रिय

prachanda

काठमाडौं, ९ भदौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकीकरणका बाँकी कार्य पूरा गर्ने गृहकार्यमा लाग्नुभएको छ । पार्टी स्थायी समितिका सदस्य देवेन्द्र पौडेलका अनुसार अध्यक्ष प्रचण्डले एकचरण सबैसँग छलफल गरी सचिवालयको बैठक बोलाउनु हुनेछ ।

सचिवालयको बैठक मङ्गलबारसम्म बोलाउने तयारी भइरहेको नेता पौडेलले बताउनुभयो । अध्यक्ष प्रचण्डले आइतबार सचिवालय सदस्यहरू ईश्वर पोखरेल र वामदेव गौतमसँग भेटघाट गरी साङ्गठनिक एकताका बाँकी प्रक्रिया टुङ्गो लगाउने विषयमा छलफल गर्नुभएको छ । नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले आफू उपचारका लागि सिङ्गापुर जानुअघि सचिवालयको बैठक बसाएर पार्टी एकीकरणका कामहरू टुङ्गो लगाउने जिम्मेवारी अध्यक्ष प्रचण्डलाई दिनुभएको थियो ।

प्रचण्डले सोमबार दिउँसो पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सचिवालयको बैठक बोलाउनु भएको छ । सचिवालयको बैठकले गरेका निर्णयप्रति सात बुँदे असहमति दर्ता गराउनुभएका सचिवालय सदस्य माधवकुमार नेपालसँग पनि अध्यक्ष प्रचण्डले छलफल गर्नुभएको छ । छलफलमा वरिष्ठताका आधारमा भएको कार्यविभाजनमा केही त्रुटि भएको भन्दै प्रचण्डले त्यसलाई सर्वसम्मतिका आधारमा सच्याउन प्रयास गरिने प्रतिबद्धता जनाउनुभएको माधव नेपालको निजी सचिवालय स्रोतले जनाएको छ ।

नेकपामा सल्लाहकार कमिटी, प्रवास कमिटी, ज्येष्ठ कम्युनिस्ट मञ्च, लेखा आयोग, कानुन आयोग, अनुशासन आयोग, केन्द्रीय सम्पर्क–समन्वय कमिटी, विशेष प्रदेश कमिटीलगायतको कार्यविभाजन गर्न बाँकी रहेको छ । पार्टी एकीकरण लगत्तै पूर्णता पाएको नौ सदस्यीय सचिवालय गठन भएको छ । त्यस्तै, ४५ सदस्यीय स्थायी कमिटी रहेको छ भने ४४१ सदस्यीय नेकपाको केन्द्रीय कमिटी रहेको छ । सात प्रदेश कमिटीमा ४२ पदाधिकारी (इन्चार्ज, सह–इन्चार्ज, अध्यक्ष र सचिव) रहेका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);