स्वास्थ्य क्षेत्र कमिसनको जालोमा फस्यो : मन्त्री ढकाल | ईमाउण्टेन समाचार

Our Network

चैत १ २०८०, बिहीबार

स्वास्थ्य क्षेत्र कमिसनको जालोमा फस्यो : मन्त्री ढकाल

swasthya mantri bhanubhakta

भक्तपुर, १७ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नेपालको स्वास्थ्य क्षेत्र कमिसनको जालोमा फसेको बताउनु भएको छ । विश्व अपांगता दिवसको अवसरमा मगंलबार भक्तपुरमा आयोजित कार्यक्रममा मन्त्री ढकालले उक्त कुरा बताउनु भएको हो ।

स्वास्थ्यको क्षेत्रमा जनताको नाममा आएको रकम दुरुपयोग गर्ने परिपाटी बसेको उहाँको भनाइ थियो । मन्त्री ढकालले विदेशी दाताले दिएको सहयोग रकम सेवाको नाममा विदेश भ्रमण र गोष्ठीहरु मै सकाउने परिपाटीको अन्त्य गरिने र जनताको सेवामा खर्च गरिने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

नेपालमा स्थिर सरकार रहेकाले नेपालीहरुलाई निशुल्क स्वास्थ्य सेवाको पहुँचमा प¥याउन सरकार लागि परेको पनि मन्त्री ढकालले बताउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);