निजी क्षेत्रको सहयोगले सरकारको मनोवल उच्च बनायो : स्वास्थ्यमन्त्री ढकाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

निजी क्षेत्रको सहयोगले सरकारको मनोवल उच्च बनायो : स्वास्थ्यमन्त्री ढकाल

bhanu bhakta-chaudhary

काठमाडौं, २४ चैत । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले नीजि क्षेत्रबाट प्राप्त सहयोगले कोरोना विरुद्धको लडाईमा सरकारको मनोबल उच्च बनाएको बताउनुभएको छ ।

सोमबार चौधरी फाउण्डेशन र नर्भिक इन्टरनेशनल अस्पतालले उपलब्ध गराएको स्वास्थ्य सामग्री बुझ्दै मन्त्री ढकालले यस्तो बताउनु भएको हो । उहाँले अफ्ठ्यारो समयमा सरकारी र नीजि क्षेत्र नभनि एकतावद्ध भएर अगाडी बढ्नुपर्ने उल्लेख गर्नु भयो ।

मन्त्री ढकालले ती साम्रगी तत्काल अभाव भएको ठाउँमा उपलब्ध गराइने बताउनु भयो । चौधरी फाउण्डेशनले सरकारलाई ६० लाख रुपैँया बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);