क्वारेन्टाइनमा रहेका व्यक्तिको अनुमगन गर्न 'कोभिड-१९ साथी' एप सञ्चालनमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

क्वारेन्टाइनमा रहेका व्यक्तिको अनुमगन गर्न ‘कोभिड-१९ साथी’ एप सञ्चालनमा

covid19 app

एजेन्सी, २४ चैत । संक्रमणको सम्भावना भइ क्वारेन्टाइनमा रहेको व्यक्ति भागेको खण्डमा तत्काल प्रहरीलाई खवर हुने मोबाइल एप सञ्चालनमा आएको छ । सरकारले क्वारेन्टाइनमा राखेका व्यक्ति आफ्नो ठाउँ छाडेर अन्यत्र गएको अवस्थामा तत्काल प्रहरी र सम्बन्धित निकायलाई खवर दिने विशेषता सहितको कोभिड—१९ साथी एप सञ्चालनमा ल्याएको हो ।

जियो फेन्सिङ तथा अनुहार पहिचान प्रणाली भएको एपमा क्वारेन्टाइनमा रहने व्यक्तिको फोटो र फोन नम्बरको माध्यमबाट अनुगमन गर्ने राष्ट्रिय विपद् जोखिम न्यूनीरकण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बताउनुभयो

एपले कुनै पनि व्यक्ति आफ्नो स्थानमा बसेको छ, छैन, आफ्नो घरमा बसेको छ, छैन भनेर अनगमन गर्नेछ ।

गृहमन्त्री रामबहादुर थापाले विपद विरुद्ध विजय प्राप्त गर्न मोबाइल एपबाट गरिने अनुगमनले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

यसैगरी सरकारले कोरोना भाइरसको तथ्याङ्क तथा सूचनाहरु सबै प्रदेश, जिल्ला र स्थानीय तहले हेर्न सक्ने गरी वेव साइट पनि सञ्चालनमा ल्याएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);