टेलिकमको आफ्नै मोबाइल एप सञ्चालनमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

टेलिकमको आफ्नै मोबाइल एप सञ्चालनमा

काठमाडौं, १ असार । नेपाल टेलिकमले आफ्नै मोबाइल एप सञ्चालनमा ल्याएको छ । टेलिकमले जीएसएम, सीडीएमए, पीएसटीएन र एडीएसएललगायतका सेवासम्बन्धी जानकारी दिन आफ्नै मोबाइल एप ‘नेपाल टेलिकम’ सञ्चालनमा ल्याएको हो ।

सेवाग्राहीले मोबाइल एप डाउनलोड गरी लग इन गरेपछि टेलिकमको प्याकेज खरिद गर्न सक्ने र प्याकेजसम्बन्धी जानकारी लिनसक्ने कम्पनीले बताएको छ ।

कम्पनीका अनुसार उक्त एपबाट फ्रेन्ड्स एन्ड फेमिली कल सर्भिसमार्फत पाँचवटा नम्बरमा सस्तो कल गर्न सकिने, एन्ड्रोइडमार्फत रिचार्ज कार्ड स्क्यान गरेर रिचार्ज गर्न सकिने र मोबाइलमार्फत विभिन्न प्याकेज आदानप्रदान गर्न सकिनेछ । त्यस्तै, एपमार्फत रिचार्ज कार्डबाट कम्पनीका विभिन्न सेवाको बिल भुक्तानी गर्न सकिनेछ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);