वार्षिकोत्सवको अवसरमा टेलिकमको सेवामा प्याकेज र छुटको व्यवस्था | ईमाउण्टेन समाचार

Our Network

जेठ ७ २०८१, सोमबार

वार्षिकोत्सवको अवसरमा टेलिकमको सेवामा प्याकेज र छुटको व्यवस्था

nepal telecom

काठमाडौं, २२ माघ । नेपाल टेलिकमले आफ्नो १५ औं वार्षिक उत्सवको अवसरमा विभिन्न सेवामा प्याकेज तथा छुटको व्यवस्था गरेको छ । मंगलबार काठमाडौंमा आयोजित १५ औं वार्षिक उत्सव कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले माघ २२ गतेदेखि एक महिनासम्मका लागि लागू हुने गरी विभिन्न प्याकेज तथा छुटको व्यवस्था गरिएको जानकारी दिएका हुन् ।

अधिकारीले नयाँ पोष्टपेड ग्राहकलाई ३ महिनासम्म प्रतिमहिना १ जिवी अलटाईम डाटा र सय मिनेटसम्म भ्वाईस बोनस दिने घोषणा समेत गरे । त्यसैगरी, टुरिष्ट प्याकेज अन्तरगत ५ सय रुपैयाँमा ५ जिबी डाटा र नेपाल टेलिकमको नेटवर्कमा ५० मिनेट भ्वाईस कल र सय रुपैयाँको अन्तराष्ट्रिय कल गर्न सकिने टेलिकमले जनाएको छ ।

टेलिकमले २०७४ सालको असार मसान्तसम्म टेलिफोनको बक्र्यौता तीर्न बाँकि रहेका ग्राहकहरुले २०७६ असार मसान्तसम्म बुझाएमा जरिवाना छुट गर्ने व्यवस्था गरिएको समेत टेलिकमका डिल्लीराम अधिकारीको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);