नेपाल संवतको ‘तिथिमिति डट कम’ सफ्टवेयर र ‘नेपाल संवत मोबाइल एप’ सरकारलाई हस्तान्तरण | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

नेपाल संवतको ‘तिथिमिति डट कम’ सफ्टवेयर र ‘नेपाल संवत मोबाइल एप’ सरकारलाई हस्तान्तरण

२०८० चैत्र १२ नेपाल संवतको ‘तिथिमिति डट कम’ सफ्टवेयर र ‘नेपाल संवत मोबाइल एप’ सरकारलाई हस्तान्तरण गरिएको छ ।

सोमवार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा राष्ट्रिय विभूति शङ्खधर साख्वा प्रतिष्ठान नेपालको संयोजन र स्पाइरालोजिक्स इन्टरनेसनलले तयार पारेको नेपाल संवतको ‘तिथिमिति डट कम’ सफ्टवेयर र ‘नेपाल संवत मोबाइल एप’ सरकारलाई हस्तान्तरण गरिएको हो ।

प्रधानमन्त्री प्रचण्डलाई प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठ र स्पाइरालोजिक्स इन्टरनेसनलका मुख्य इञ्जिनियर अरुण थापाले उक्त सर्वर र एप हस्तान्तरण गर्नुभएको हो ।

हस्तान्तरण समारोहमा प्रधानमन्त्री प्रचण्डले पुष्पकमल दाहालले धेरै मेहनत गरेर नेपाल संवत, विक्रम संवत, ईस्वी संवतलाई पनि सहजै रुपान्तरण गर्न सकिने यो एपबाट जटिल संवतको गणना अब सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

सफ्टवेयर सञ्चालनमा आएसँगै विश्वको जुनसुकै स्थानबाट एकसाथ नेपाल संवत, विक्रम संवत र इस्वी संवत प्रयोग गर्न सकिने बताइएको छ । यसलाई ल्यापटप र डेस्कटपमा पनि डाउनलोड गरेर अफलाइनमा पनि प्रयोग गर्न सकिने प्रतिष्ठानका अध्यक्ष श्रेष्ठले बताउनुभएको छ ।
०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);