कोरोनाविरुद्धको लडाई जित्न कडा अनुशासनको पालना गर्न मन्त्री श्रेष्ठको आग्रह | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

कोरोनाविरुद्धको लडाई जित्न कडा अनुशासनको पालना गर्न मन्त्री श्रेष्ठको आग्रह

काठमाडौं , १ मंसिर । शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले कोरोनाविरुद्धको लडाई जित्न कडा अनुशासनको पालना गर्न सबैलाई आग्रह गर्नुभएको छ ।
शंखधर शाख्वाको शालिकमा माल्र्यापणपछि आयोजना भएको कार्यक्रममा सम्बोधन गर्दै मन्त्री श्रेष्ठले कडा अनुशासनका साथ स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न आग्रह गर्नुभयो ।

कोरोना कहरका कारण नजिकबाट कुरा गर्न सक्ने अवस्था नभएको उल्लेख गर्दै उहाँले अनुशासित बनेर स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण रुपमा पालना गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘एक आपसमा नजिकबाट कुरा गर्न चाहान्छाँै तर टाढाटाढा बस्नुपर्ने अवस्था छ । टाढा बस्दा पनि मुख छोप्नुपर्ने अवस्था छ । सँगै हिडेको साथीलाई नचिनेर एकछिन मास्क खोल्नुहोस भन्नुपर्ने बाध्यता छ । कोभिडसँग जुध्न कडा अनुशासनका साथ स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न जरुरी छ । सरकारबाट कोरोनाबाट जोगिने संक्रमण भइहाल्यो भने पनि नआत्तिने । अब कोरोना संगै यात्रा गर्नुपर्छ तर नभेटिने गरी ।’’

उपत्यका मेयर फोरमका सचिव समेत रहनुभएका मध्यपुर ठिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले चाडबाड मनाउन घर गएकाहरु उपत्यका फर्किने क्रम सुरु भएकाले संक्रमणको जोखिम अझ बढेको बताउनुभयो । उहाँले मंसिर महिनालाई अत्यन्त जोखिमयुक्त महिनाको रुपमा लिएर गम्भिरताका साथ काम गर्नुपर्ने बताउनुभयो ।

केही दिनअघि उपत्यका मेयर फोरमले सरकारलाइृ छठपछि कडा लक डाउन जारी गरी उपत्यकामा बढ्दो संक्रमणको दरलाई नियन्त्रणमा ल्याउन आग्रह गरेको थियो ।
आज देशभरी नै नेपाल संवतलाई स्वागत गर्दै राष्ट्रिय विभूति शंखधर शाख्वाको सम्भावना गरिएको छ ।

माल्र्यापण कार्यक्रममा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले उहाँको सम्मानमा सरकारले रोजगारीमुलक र विकासका कार्यक्रम सञ्चालनमा ल्याउनुपर्ने बताउनुभयो ।

नेपाल संवत् अनुसारको नयाँ वर्ष ११४१ सुरु भएको छ । राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब नागरिकको ऋणमोचन गरी नेपाल संवतको सुरुवात गर्नुभएको थियो । २००७ मा प्रजातन्त्र स्थापनादेखि नै नेपाल संवतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ । २०५६ सालमा साख्वालाई राष्ट्रिय विभूति घोषणा गरिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);