सत्तारुढ दल एनएलडी पार्टी संसदीय निर्वाचनमा बहुमत हासिल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सत्तारुढ दल एनएलडी पार्टी संसदीय निर्वाचनमा बहुमत हासिल

एजेन्सी,३० कार्तिक। म्यानमारको सत्तारुढ दल नेशनल लीग फर डेमोक्रेसी पार्टी एनएलडीले संसदीय निर्वाचनमा बहुमत हासिल गरेको छ । हालै सम्पन्न आम निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गर्दै निर्वाचन आयोगले एनएलडीले संसदको दुवै सदनमा बहुमत सिट हासिल गरेको हो ।

आयोगको अन्तिम परिणाम अनुसार एनएलडीले ११ सय ६ जना उम्मेद्वार चुनावी मैदानमा उतारेको थियो । एनएलडीले प्रदेशसभाहरुमा ३९६ सिटका विजयी हासिल गरेको छ । यस्तै संसदको तल्लो सदनमा २५८ र माथिल्लो सदनमा १३८ सिटमा विजयी भएको छ ।

मत परीणाम अनुसार एनएलडीले स्पष्ट बहुमत पाएसँगै नयाँ सरकारको नेतृत्व गर्ने बाटो खुलेको छ । यस्तै युनियन सोलिडारिटी पार्टी युएसडीपीले ३३ सिट हासिल गरेको छ भने बाँकी ४७ सिटमा अन्य दलका उम्मेद्वार विजयी भएका छन् । यता सत्तारढ दलले प्रदेशसभाहरुमा ५०१ सिट हासिल गरेको छ भने संसदमा २० सिट हात पारेको छ।

नोभेम्बरमा भएको निर्वाचनमा संसदको तल्लो सदनमा ३१५ र माथिल्लो सदनमा १६१ सिटका लागि मतदान भएको थियो । म्यानमारका राष्ट्रपति यू विन मायान्ट र अर्की नेतृ आङ साङ सुकी पनि संसदको तल्लो सदनमा निर्वाचित भएका छन् । यस्तै उपराष्ट्रपति हेनरी भ्यान थियाे भने संसदको माथिल्लो सदनमा निर्वाचित हुनभएको छ ।

म्यानमारमा सन् २००८ मा नयाँ संविधान जारी भएसँगै संसदीय निर्वाचन भएको यो तेस्रो पटक हो । निर्वाचनको अन्तिम मत परीणाम सार्वजनिक भएको तीन महिनाभित्र नयाँ सरकार गठन भइसक्नुपर्ने कानुनी व्यवस्था छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);