फिलिपिन्समा आँधिका कारण मृत्युहुनेको संख्या ४२ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

फिलिपिन्समा आँधिका कारण मृत्युहुनेको संख्या ४२ पुग्यो

एजेन्सी, २९ कार्तिक । फिलिपिन्समा टाइफुन भान्को नामक आँधिका कारण मृत्युहुनेको संख्या ४२ पुगेको छ ।

यस वर्ष फिलिपिन्समा आएको २१ औं आँधी टाइफुन भान्काका कारण २० जना बेपत्ता भएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । फिलिपिन्सको सबैभन्दा ठुलो टापूू लुुजोनमा आधिका कारण पहिरो जाँदा सडकहरु अवरुद्ध भएका छन् ।

आधिका कारण राजधानी मनिलासहित देशका विभिन्न स्थानका बिस्थापित केन्द्रमा दशौं हजार आश्रय लिन बाध्य भएका छन् । मनिलाबाट पूर्वतर्फ पर्ने मारिकिना शहर यस आँधीबाट सर्वाधिक प्रभावित क्षेत्रमध्ये एक हो ।

फिलिपिन्समा विध्वंश मच्चाएपछि भान्को भियतनामतर्फ लागेको छ । आँधिपछिको आएको बाढीले ठुलो क्षती पु¥याएको मारिकिना शहरका मेयरले बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);