दक्षिणी फिलिपिन्समा टेम्बिन नामक समुद्री आँधीका कारण मृत्यु हुनेको संख्या दुई सय नाघ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

एजेन्सी, ९ पुष । फिलिपिन्समा आएको शक्तिशाली आँधीका कारण ज्यान गुमाउनेको संख्या २ सय नाघेको छ ।

 

दक्षिणी फिलिपिन्समा आएको उष्णप्रदेशीय आँधीका कारण ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति भएको छ । अझै पनि दर्जनौं मानिस हराइरहेको सरकारी अधिकारीले बताएका छन् । आँधीका कारण फिलिपिन्सको दक्षिणी क्षेत्रमा रहेको मिन्दानाओ टापु सबैभन्दा बढी प्रभावित भएको छ । टेम्बिन नामको उष्णप्रदेशीय आँधीपछिको बाढी तथा पहिरोका कारण ठूलो मात्रामा मानवीय क्षति भएको अन्र्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

 

मिन्दानाओमा मात्र २ सय भन्दा बढीको मृत्यु भएको छ । ८० किलोमिटर प्रति घण्टाको गतिमा रहेको आँधी मिन्दानाओबाट दक्षिणमा पर्ने पलावानतर्फ अघि बढेको छ । बाढीले मिन्दानाओ टापुका केही गाउँ नै बगाएको छ । गाउँ नै वगाउँदा दर्जनौं मानिस हराएका छन् । हराइरहेकाको खोजी भइरहेको फिलिपिन्सका अधिकारीले बताएका छन् । सरकारले आँधीका कारण प्रभावित लनाओ डेल नोर्ते, लनाओ डेल सुर तथा मिन्दानाओका केही क्षेत्रमा आपतकालीन अवस्था घोषणा गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);