बेलायतका प्रधानमन्त्री जोन्सन सेल्फ आइसोलेसनमा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

बेलायतका प्रधानमन्त्री जोन्सन सेल्फ आइसोलेसनमा

एजेन्सी, १ मंसिरः बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन सेल्फ आइसोलेसनमा बस्नुभएको छ ।

प्रधानमन्त्री जोन्सनलाई भेटेका सांसदलाई कोरोना पोजेटिभ देखिएपछि उहाँ सेल्फ आइसोलेसनमा बसेको बीबिसीले जनाएको छ ।

प्रधानमन्त्री कन्ट्रयाक्ट ट्रेसिङमा परेको र उनको परिक्षण समेत गरिएको बताइएको छ । उहाँलाई अहिले कुनै लक्षण भने देखिएको छैन । प्रधानमन्त्री जोन्सनले गत विहीबार एशफिल्डका सांसद ली एन्डरसनसँग करिब ३५ मिनेट भेटवार्ता गर्नुभएको थियो ।

त्यसपछि सांसद एन्डरसनलाई पोजेटिभ देखिएको थियो । जोन्सनले बेलायतमा कोरोनाको दोस्रो लहर आइरहेको र त्यसलाई रोक्न महत्वपूर्ण घोषणा गर्ने तयारीमा रहेका बेला आफुलाई सेल्फ आइसोलेट गर्नु परेको छ । गत अप्रिलमा जोन्सनलाई कोरोना संक्रमण भएर अस्पताल भर्ना नै हुनु भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);