बेलायती प्रधानमन्त्री जोनसनले गलत काम गरेको पूर्वप्रधानमन्त्री क्यामरुनको आरोप | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

बेलायती प्रधानमन्त्री जोनसनले गलत काम गरेको पूर्वप्रधानमन्त्री क्यामरुनको आरोप

boris-gove-cameron

एजेन्सी, २८ भदौ । बेलायतका पूर्वप्रधानमन्त्री डेविड क्यामरुनले वर्तमान प्रधानमन्त्री बोरिस जोनसनले गलत काम गरेको आरोप लगाएका छन् । उनले प्रधानमन्त्री जोनसन र माइकल गोभले जनमत संग्रहका क्रममा गलत व्यवहार देखाएको आरोप लगाएका हुन् ।

क्यामरुनले जनमत संग्रहलाई नकार्न नसकिने भएकाले त्यसको नतिजा स्वीकार गर्न प्रधानमन्त्री जोनसनलाई सुझावसमेत दिएका छन् । उनले प्रधानमन्त्री जोनसनले ब्रेक्जिटका विषयमा सरकारले चालेको कदमको पनि बिरोध गरे ।

क्यामरुनले अक्टुबार १ सम्म संसद निलम्बन गर्ने प्रधानमन्त्री जोनसनको निर्णयको समेत आलोचना गरेका छन् । प्रधानमन्त्री जोनसन आफ्नै रणनीतिका कारण असफल हुने संकेत देखिएको क्यामरुनको भनाइ छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);