बेलायती प्रधानमन्त्री जोनसनलाई 'आईसीयू'मा सारियाे | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

बेलायती प्रधानमन्त्री जोनसनलाई ‘आईसीयू’मा सारियाे

boris johnson

एजेन्सी, २५ चैत । कोरोना भाइरस संक्रमण भएको १० दिनपछि अस्पताल भर्ना भएका बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई सघन उपचार कक्षमा सारिएको छ । आइतबार लण्डन अस्पताल भर्ना भएका उनको स्वास्थ्यमा थप जटिलता देखिएपछि सघन उपचार कक्षमा सारिएको प्रधानमन्त्री कार्यालयलाई उदृृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाएअनुसार कोरोना भाइरस संक्रमणका लक्षणहरू यथावत रहेकाले चिकित्सकको सल्लाहमा प्रधानमन्त्री जोनसनलाई सघन उपचार कक्षमा सारी उपचार जारी राखिएको छ ।

५५ वर्षीय जोनसनले भाइरस संक्रमण भएको १० दिनसम्म निवासमै आइसोलेसनमा रहेर सरकारको कार्यभार सम्हालीरहनु भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);